धनगढी। कैलालीमा कान्द्रा नदीले हुलाकी सडक बगाएको छ । कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ लालबोझीस्थित हुलाकी सडक कान्द्रा नदीले बगाएको हो ।
बिहीबार रातीदेखि परेको भारी वर्षाका कारण आएको बाढीले हुलाकी सडक बगाएको स्थानियले जानकारी दिएका छन्। झण्डै १ सय मिटरभन्दा बढी सडक बगाएको जनाइएको छ। भारत सरकारको सहयोगमा धनगढीको क्याम्पस चौकदेखि टीकापुरको खक्रौलासम्म ६२ किलोमिटर सडक निर्माण गरिएको थियो।
हुलाकी सडक बगाएपछि स्थानियलाई आवत जावतमा समस्या भएको छ। हुलाकी सडक आयोजना अन्तर्गतको सो सडक कान्द्रा नदीको बहावले बगाएपछि स्थानीयले वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्। बाटो प्रयोग गर्न सास्ती खेप्नुपर्छ। हरेक वर्ष कान्द्रा नदीले धार परिवर्तन गर्दै कटान तिब्र बनाईरहदा नियन्त्रणका सरकारी निकायको ध्यान नपुगेको स्थानीयले गुनासो गरेका छन् ।

