धनगढी। कैलालीको गोदावरीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय गीता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको छतबाट खसेर मृत्यु भएको हो। छतबाट खसेर गम्भीर घाइते भएकी जैसीलाई पदमा अस्पतालमा लगिएको थियो।
घाइते भएकी जैसीको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागी धनगढी स्थीत सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। थप उपचारका लागी सेती प्रादेशिक अस्पतालमा ल्याइएपनी उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

