धनगढी। धनगढीमा जीप र स्कुटर एकआपसमा ठोक्किएका छन् । धनगढी-अत्तरिया छ लेन सडकको मोहनपुरमा जीप र स्कुटर एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
बा ११ च १७ नम्बरको जीप र बा ८९ प ८७९० नम्बरको स्कुटर एकआपसमा ठाक्किएका हुन्। अत्तरियाबाट धनगढी आउदै गरेको स्कुटरलाई जीपले ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कुटर चालकको अहिले धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ भने जीप चालक सामान्य घाईते भएको प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिएका छन्।

