धनगढी। कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाईते भएका साइकल यात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तरगत कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय साइकल यात्री जगतबहादुर साउँदको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘दुर्घटनामा गम्भीर घाइते भएका साउदलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगीएको थियो, उपचारकै क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए। मोटरसाइकललाई नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको उनले जानकारी दिए।

