धनगढी । कैलालीमा एक महिलाको शव फेला परेको छ । कैलालीको कर्णाली नदीमा एक महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय चिसापानीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार अन्दाजी ३२ वर्षीया महिलाको शव फेला परेको जनाइएको हो। मृतकको भने सनाखत हुन सकेको छैन् । इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको जानकारी दिए। शव चिसापानी बजारदेखि ५ किलोमिटर दक्षिणतर्फ कर्णाली नदीको किनारमा फेला परेको जनाइएको छ ।

