धनगढी : मिहेनत, परिश्रम गरे एक दिन अवश्य फल पाइँदो रहेछ भन्छन् धनगढीमा दिव्या आल्मुनियम स्टिल र ग्रिल व्यवसाय सञ्चालक मन्नु शर्मा । बुवा स्व। दुलेचन शर्मा र आमा सुनिता शर्माको जेठो सन्तानको रूपमा २०४७ चैत्र १२ मा जन्म लिए । सामान्य घर परिवारका उनी बुवा आमा मजदुरी गरी घर चलाउने । उनी १६ वर्षको हुँदा उनको बुवाले स्वर्गवास भयो । त्यस पछि जेठो छोरा उनलाई परिवारको सबैलाई हेनु पर्ने र घर चलाउने जिम्मेवारी थपियो । उनले ७ कक्षाको पढाई लाई विट मात्रै कामको खोजी गर्न थाले । त्यस पछि उनी वैयावेहडीको एउटा ग्रिल उद्योगमा काम गर्न थाले ।
सानै उमेर देखिनै मिहेनती रहेका मन्नुले ग्रिलको काम सिक्न खासै समय लगाएनन् । उनले सुरुमा १५ हजार कमाउन थाले जस वाट घरपरिवारको खर्च धाने र आफ्नो पढाई लाई निरन्तरता दिए । बुवाको स्वर्गवास पछि उनी घरको अभिभावक भएका थिए । उनले आफ्नो काम सँगै २०७८ मा एस।एल।सी सम्म पढ्न भ्याए । त्यस पछि उनको पढाई रोकियो । भाइ, बहिनीहरू र आमालाई हेर्नु पर्न जिम्मा उनको कादमा आई लागेको थियो । उनले आफू पढन नपाए पनि आफ्नो बहिनीलाई पढाए ।
उनी अहिले बैङ्कमा जागिर गर्छिन् । उनले आफ्नो भाइ, बहिनीको बिहेवारि समेत आफ्नै खर्चमा गरे र आफू पनि घरजम गरे । उनको श्रीमतीको पढाई लाई उनले निरन्तरता दिन लगाएका छन् । उनको सोच छ आफूले पढाई लाई निरन्तरता दिन नसके पनि आफ्नो श्रीमतीलाई पढाउने । श्रीमती शिक्षित भइन भने पुरा परिवार शिक्षित हुन्छ भन्ने उनको सोच छ ।
उनले आफ्नो व्यवसाय सञ्चालन गर्न पे्ररण दिने पहिलो व्यक्ति भनेकै उनको श्रीमती दिव्या शर्मा हुन । श्रीमतीको सहयोग र हौसलाले उनले आफ्नो व्यवसाय सञ्चालनमा ल्याएको बताए । उनले आफ्नो व्यावसाय सञ्चालन पूर्व धेरै ठाउँमा काम गरेको बताए । उनी सुदूरपश्चिमको बझाङ, बैतडी, डोटी, बैतडी लगायत ठाउँमा ठेक्का सिस्टममा काम गरेको अनुभव भएको बताउँछन् । उनी कामको विशेषता भनेको उनी ठुला ठुला ट्रस्टको काम गर्न सक्षम छन् र ग्राहकको सन्तुष्टि अनुसार काम गर्दछन् । उनले पहाडी क्षेत्रको काम सके लगतै काठमाडौँ हाकिए ।
त्यस पछि उनी काठमाण्डांैको बसपार्क क्षेत्रमा रहेको ग्रिल उद्योगमा काम गर्न थाले । त्यस ठाउँमा उनले मासिक २० हजार कमाउन थाले जो तलबले आफ्नो खर्च र घरको खर्च धान्न मुस्किल पर्यो । त्यहाँ उनले खासै काममा रुचि लागेन । उनको इच्छा थियो कि उनी सुदूरको धनगढी मानै आफ्नो व्यवसाय सञ्चालन गर्ने । आफ्नै व्यवसाय गर्ने सोचका साथ उनी काठमाण्डौं वाट धनगढी आए र आफ्नै व्यवसाय सञ्चालनमा ल्याए ।
सुरुमा उनी सँग व्यवसाय गर्नका लागि लगानी भएन उनले काम लिन सुरु गरी सकेका थिए । सुरुको काम गर्न कालागि उनले अरूको वल्डिङ मेसिन सापटी मागेर काम चलाउन थाले । पहिलो आमदानी वाट उनले वल्डिङ मेसिन किनेको बताए । सोही आम्दानी वाट घर खर्च समेत धान्न सक्षम भए । आफ्नै व्यवसायमा होमिएका मन्नु बिस्तारै व्यवसायलाई चाहिने उपकरण, मेसिन, ढुवानीका लागि अटो रिक्सा जोड्न थाले । उनले अहिले पनि सम्झन्छन् सुरुको अवस्था वाट अहिलेको अवस्थामा आउँदा धेरै सङ्घर्ष गर्नु प¥यो । यदि श्रीमती दिव्याको साथ नभइदिएको भए यहाँ सम्म पुगिँदैन थियो ।

पहिले फलामको काम मात्र गर्थे तर अहिले आल्मुनियम र स्टिलको काम पनि सुरु गरेको उनले बताए । उनी भन्छन् फलामको कामले धनगढीमा चिनजान वढदै गयो र मार्केटमा आफूलाई स्थापित गर्न सके त्यसपछि स्टिल र आल्मुनियमको पनि काम गर्न थाले । उनी यसरी धनगढीमा जम्न सफल भएको बताउँछन् । मन्नु भन्छन् अहिले मासिक ५ लाख बढीको कारोबार गछु जस वाट मासिक ५० हजारको आम्दानी हुन्छ । उनी सँग अहिले ६ जना कामदार छन् जस मध्य ४ मिस्त्री र २ लेबर छन् ।
उनलाई अहिले उनको भाइ सोलु शर्माले सघाई रहेका छन् । उनको सोच भविष्यमा व्यवसायलाई विस्तार गर्दै लैजाने र आफ्नो आमालाई खुसीका साथ राख्ने उनको सोच छ । विशेष गरी उनले ट्रस्टको काम, झ्याल, ग्रिल, आल्मुनियमका र स्टिलका कामहरू गर्ने गरेका बताए । उनी अहिले भन्ने गर्छन् आफू सिप सिकेर अगाडी बढे पनि पढाई को महत्त्व उनलाई धेरै छ । आफू पढ्न नपाए पनि आफ्नो श्रीमती, छोराछोरीलाई उच्च शिक्षा दिने उनको सोच छ । त्यसैले उनी भन्छन् सबै भन्दा ठुलो पढाई हो, सबै भन्दा ठुलो कुरा शिक्षा हो ।

