काठमाडौँ। काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा गएरातिदेखि आगलागी भइरहेको छ । राति २ बजेर १५ मिनेटमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले बताए । आगो नियन्त्रणका लागी ‘अग्नि नियन्त्रक फोम’ पनि प्रयोग गरिएको छ । के कारणले आगलागी भएको खुल्न सकेको छैन। आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन।




