धनगढी। धनगढीमा बिरामी भेट्न अस्पताल गएका २ जना लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिकाका बर्ष २२ का रमेश विसि र २६ बर्षिया चन्दा विसि रहेको प्रहरीले जनाएको छ । धनगढीको माया मेट्रो अस्पतालमा विरामी भेट्न गएका उनिहरुलाई शंकाको आधारमा चेँकजाँच गरिएको हो । उनीहरुको साथबाट ४ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिए। उनीहरुलाई अस्थायी प्रहरी चेक पोष्ट चटकपुरको टोलीले नियन्त्रणमा लिएको जनाएको छ । भने, उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीमा बिरामी भेट्न अस्पताल गएका २ जना ब्राउन सुगरसहित पक्राउ
कैलालीमा बिरामी भेट्न अस्पताल गएका २ जना ब्राउन सुगरसहित पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

