धनगढी। कैलालीमा अवैधरुपमा बालुवा उत्खनन् गर्ने ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । बुधबार दिउँसो १ः५० बजे गोदावरी नगरपालिका वडा नम्बर ५ खुटिया नदिबाट अवैधरुपमा बालुवा उत्खनन् गरी ल्याउँदै गरेका ५ वटा ट्याक्टर कारबाहीमा परेका हुन्। कारबाहीमा परेका ट्याक्टरहरु से १ त ४७९९, से १ त ३७६८ ,से १ त ९८८२, से १ त ६०६१ र भे १ त ४५६२ नम्बरको ट्याक्टर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नम्बर ७ जोखर ताल एरियामा फेला पारेको जनाएको छ। उनीहरुलाई धनगढी उप–महानगरपालिकाको कार्यालयबाट जनही प्रति ट्याक्टर १ हजारका दरले राजश्व जरिवाना काट्न लगाई सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

