धनगढी। कैलालीमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरीशकुमार शाही कार्यालय परिसरमै मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ कार्यालय परिसरमा जमेको पानीमा घोप्टो परेको अवस्थामा बुधबार बिहान साढे ५ बजे शाहीको शव फेला परेको जनाएको छ । शाहीको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ हो ।‘घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक बिष्टले जानकारी दिए । उनका अनुसार शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।
कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला
कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

