बैतडी। बैतडीमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । सोमबार साँझ परेको चट्याङले बैतडीको दशरथचन्द नगरपालिका ९ मङरुका ९ बर्षीय भरतराम कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताए । सोमबार साँझ ६ बजेतिर घर नजिकैको धारामा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको ओझाले बताए । उनीसंगै पानी भर्न गएका अन्य भने सकशुल रहेका छन् ।
बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु
बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

