धनगढी। सशस्त्र प्रहरीद्धारा कैलालीमा थप २ वटा विओपी स्थापना गरिएका छन्। सुरक्षाको दृष्टिकोणले संवेदनशील सूचीमा रहेको कैलालीमा थप दुई वटा विओपी स्थापना भएका हुन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टरले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको १९ नम्बर वडाको लल्पिुर र भजनी नगरपालिकाको ५ को पगियापसारमा आइतबार विओपी स्थापना गरिएको छ।
सो विओपीको ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ट उपरीक्षक सुरेश कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । विओपी स्थापना भएपछि थप जिल्लाको सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी नियन्त्रण गर्न विओपि स्थापना पछि थप सहज हुने श्रेष्ठले बताए ।

