धनगढी। धनगढी उपमहानगरपालिकाले अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबारदेखि लगाउन सुरु गरेको छ । आईतबार धनगढी उपमहानगरपालीकाले कोभिड १९ बिरुद्ध जोन्सन खोपको पहिलो मात्रा खोप लगाउने कार्यक्रम अनुसार आज र भोली खोप लगाउन थालिएको हो। जस धनगढीको कभर्डहलमा कोरोना खोप लगाउनेहरुको घुईचोँ लागेको हो।
खोप लगाउनका लागी स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तीहरु, शरणार्थीहरु र सरसफाईकर्मीहरु लाई यो खोप लगाउने उपमहानगरपालिकाले जनाएको छ । खोप लगाउनका लागि धनगढी उपमहानगरपालिकाले विभिन्न ११ स्थानमा खोप केन्द्र तोकेको छ । एक मात्रा लगाए पुग्ने उक्त खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो।

