काठमाडौँ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दार्चुलामा तुइन काटेर नेपाली नागरिक जय सिंह धामीको हत्या गरिएको भनेर चौतर्फी विरोध भएपछि उक्त घटनाको छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ ।आइतबार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा एक समिति गठन गरिएको हो । गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ। टनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न मन्त्रालयले १० दिनको समयसीमा दिएको छ ।यस विषयमा भारतीय एसएसबीले भने आफहरुले उक्त घटना नघटाएको स्पष्टीकरण दिइसकेका छन् ।
दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

