धनगढी। धनगढीबाट डोटी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको छ। धनगढीबाट डोटीको जोरायल जाँदै गरेको अन्टेस्ट ट्याक्टर कैलालीको चुरे गाउपालिका ३ मगराउमा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना हुँदा चालक डोटीको जोरायल बस्ने अन्दाजी २६ बर्षीय चालक निर्मल साँउद, सोही ट्याक्टरमा सवार २४ बर्षीय दिनेश सार्की र २५ बर्षीय जितबहादुर साँउद घाईते भएका छन्। तीनै जनाको अवस्था गम्भीर रहेको छ। घाईतेहरूलाई उपचारको लागी धनगढी ल्याईएको प्रहरीले जानकारी दिएको छ ।चालक निर्मल साँउदले चलाएको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।सो ट्याक्टर धनगढीबाट सरिया लोड गरेर डोटीको जोरायल जाँदै गरेको थियो। ट्याक्टर सडकबाट करिब ३५० मिटर तल खसेको छ।
धनगढीबाट डोटी जाँदै गरेको ट्याक्टर दुर्घटनाः ३ जना घाईते
धनगढीबाट डोटी जाँदै गरेको ट्याक्टर दुर्घटनाः ३ जना घाईते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

