धनगढी। कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्रक दुर्घटना भएको छ। अत्तरियाबाट धनगढी आउँदै गरेको ना ६ ख १८४४ नम्बरको ट्रक आज बिहान ४ः२५ मिनेटमा धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा दुर्घटना भएको प्रहरीेले जनाएको छ। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरियाभन्दा एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको हो। ट्रक आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। चालक भने फरार रहेका छन् । यस्तै आफै अनियन्त्रीत भएर दुर्घटना भएको ट्रकले रोकीराखेको ना ६ ख ८६३० नम्बरको ट्रकलाई ठक्कर दिदा चालक र सहचालक घाईते भएका छन् । घाईते हुनेमा कैलालीको गोदावरीका ३८ बर्षिय चालक जनक चौधरी र सहचालक कञ्चनपुरको कष्णपुरका १८ बर्षिय कृष्ण चौधरी रहेका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफीक कार्यालय कैलालीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्रक दुर्घटना
कैलालीको धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्रक दुर्घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

