धनगढी। कैलालीमा अवैध रुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा अवैध रुपमा बालुवा निकाल्ने ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरी सम्झाई बुझाई गरी छोडिएको हो । जिल्ला प्रहरी कार्यालय कैलाली तथा अस्थायी प्रहरी पोष्ट श्रीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले आज बिहान ७ बजे कैलालीको गोदावरी नगरपालिका ९ स्थित खुटिया खोलाबाट अवैध रुपमा बालुवा निकाली रहेको अवस्थामा ११ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।अवैध रुपमा बालुवा निकाली रहेकोले प्रति ट्याक्टर रू ६ हजारका दरले राजश्व जरिवाना काट्न लगाई सम्झाई बुझाई छोडिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अवैध रुपमा बालुवा निकाली रहेको अवस्थामा ९ से २ त २८३५ , से २ त ३६५५, से१ त ५३९७,से १ त २३६८ , से १ त ९६१३, से १ त ८४४९, से १ त ८७५९ , से १ त ५४४९, सु.प.प्र.०१००२ त ५८०७ , सु.प.प्र.०१००२ त ५५४१ र सु.प.प्र.०१००२ त ४७२१ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा कारवाही गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याई गोदावरी नगरपालिकाको कार्यालयबाट खटिएको प्रहरी टोलीले प्रति ट्याक्टर रू ६ हजारका दरले राजश्व जरिवाना काट्न लगाई सम्झाई बुझाई गरी छोडिएको जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.