धनगढी। धनगढी लेडि जेसिजद्धारा साउन १५ को अवसरमा खीर खुवाउने कार्यक्रम गरेको छ। साउने १५ अर्थात खिर खाने दिन मनाउदै आज धनगढी लेडि जेसिजद्धारा अनाथ बालबालीकालाई खिर खवाएर साउन १५ मनाएको हो । खिर खाने दिनको अवसर पार्दै धनगढी लेडि जेसिज परिवारले धनगढीको आमाको माया छात्राबासमै पुगेर अनाथ बालबालीकालाई खिर खुवाएको हो। धनगढी लेडि जेसिजद्धारा साउन १५ को अवसरमा आमाको माया छात्राबासका अनाथ, अपाङ्गता तथा बेसाहारा बिद्यार्थीहरुलाई खिर खुवाएर साउन १५ अर्थात खिर खाने दिनलाई मनाइएको अध्यक्ष जेसि निर्मला श्रेष्ठले जानकारी दिएकी हुन्।
यस्तै, खीर खुवाउने कार्यक्रममा धनगढी लेडि जेसिजका सदस्य सहित, पत्रकार तथा बिभिन्न ब्यक्तीहरुको पनी सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जेसि शिवा शाहले स्वागत मन्त्व्य राखेकी थिईन् । कार्यक्रममा छात्रावासको अध्यक्ष शारदा शाह, नेपाल पत्रकार महासंघ अध्यक्ष हिमाल जोशी, नेपाली काङ्ग्रेस जिल्ला कैलाली सचिब धर्म राज ओझाले आफ्नो मन्तब्य राखेका थिए। यस्तै मातापिता सेवा नेपाल अध्यक्ष लक्ष्मि भण्डारी लगायत धनगढी लेडि जेसिजका सदस्यहरुको उपस्थीती रहेको थियो । कार्यक्रमको सभाअध्यक्ष जेसि निर्मला श्रेष्ठले सम्पूर्णलाई धन्यवाद दिएर कार्यक्रम समापन भएको जानकारी गराएकी थिईन् ।




धनगढी लेडि जेसिजद्धारा साउन १५ को अवसरमा खीर खुवाउने कार्यक्रम गरियो
धनगढी लेडि जेसिजद्धारा साउन १५ को अवसरमा खीर खुवाउने कार्यक्रम गरियो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

