धनगढी। कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् । कञ्चनपुरबाट प्रहरीले लागु औषध (खैरो हेरोइन) सहित तीन जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको भिमदत्त नगरपालिका–१ तिलकपुरका ४२ वर्षीय रमेश दमाई, सोही ठाउँ बस्ने ३७ वर्षीय तपेन्द्र स्वाँर र भारत उत्तर प्रदेश बरेलीका २८ वर्षीय मोहमद आरिफलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लागु औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बेदकोट नगरपालिका–३ शंकर ईट्टाभट्टा नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक शिद्धराज न्यौपानेले बताए । उनीहरुको साथबाट १९.९७ ग्राम लागु औषध (खैरो हेरोइन), दुई थान मोटरसाईकल र नगद बरामद भएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।
कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ
कञ्चनपुरबाट लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

