धनगढी। धनगढीमा भारतबाट चोरी गरी ल्याइएका कम्प्युटरका सामान बरामद गरिएका छन्। भारतबाट अबैध रुपमा भन्सार चोरी गरी ल्याइएका १ लाख ८० हजार मुल्य बराबरका कम्प्युटरका १५ थान सिपियु बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार सोमबार ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी ३ मिलनचौकबाट ३ जना ब्यक्तीबाट उक्त सामान बरामद गरेको हो।
धनगढी उप महानगरपालिका ३ मिलनचौक स्थित सडकखण्डमा भारतबाट अबैध रुपमा भन्सार चोरीगरी ल्याउने धनगढी उपमहानगरपालीका १ बस्ने ४० बर्षीय कल्पना धामी, धनगढी ४ बस्ने ५० बर्षीय लक्ष्मी गिरी र कञ्चनपुरको पुनर्वास नगरपालीका वडा नं ११ बस्ने ४० बर्षीय चुन्ना चौधरीको साथबाट १ लाख ८० हजार का १५ थान कम्प्युटरका सिपियु बरामद गरीएको हो। बरामद गरीएका उक्त सामान भन्सार ऐन बमोजिम कारवाहीकालागी भन्सार कार्यालय कैलालीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

