धनगढी। कैलालीमा ५ किलो ५०० ग्राम लागुऔषध चरेश र १ लाख २० हजार नगद सहित दुई जना मानिस पक्राउ परेका छन्। कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ०८ गिदनियास्थित पूर्वपश्चिम राजमार्गबाट दुई जनालाई पक्राउ गरिएको हो। गौरीगंगा नगरपालिका वडा नं. ११ शिवपुर बस्ने वर्ष ४० का गोरख भन्ने गोरे धामी र गोदावरी नगरपालिका वडा नं। ६ बस्ने वर्ष ३५ का धनबहादुर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ५ किलो ५०० ग्राम चरेस र एक लाख २० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए। दुवै जनालाई पक्राउ गरी लागु औषध चरेश शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जनाइएको छ ।
कैलालीमा ५ किलो ५०० ग्राम लागुऔषध चरेश र १लाख २० हजार नगद सहित दुई जना मानिस पक्राउ
कैलालीमा ५ किलो ५०० ग्राम लागुऔषध चरेश र १लाख २० हजार नगद सहित दुई जना मानिस पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

