धनगढी। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा गरिएको १२१ नमुना परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिइएका छन् । यस्तै १०९ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ । हाल अस्पतालमा २१ जना कोरोना संक्रमित बिरामी उपचाररत छन्। यस्तै पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित बिरामी निको भई घर फर्किएकोमा थप नयाँ बिरामी अस्पतालमा भर्ना भएका छैनन् । २ जना बिरामीलाई अस्पतालको आईसियुमा राखेर उपचार भैरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा कुनैपनी कोरोना संक्रमित बिरामीको मृत्यु नभएको अस्पतालले जानकारी दिएको छ ।
सेती प्रयोगशालामा १२१ नमुना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि
सेती प्रयोगशालामा १२१ नमुना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

