धनगढी। धनगढी कोरोना संक्रमणको दोश्रो लहरमा केही कमी आएपनि भारतमा तेश्रो लहरको संक्रमण बढिरहेकै बेला नेपालबाट रोजगारीका लागी भारत जानेहरुको भिड संख्या भने दिनहुँ बढ्दै गएको छ । सुदूरपश्चिमको प्रमुख नाका गौरिफन्टा नाकाबाट रोजगारीका लागी भारत जाने नेपालीहरुको लाम लाग्ने गरेको छ । दैनिक हजारौँको संख्यामा भारत गइरहेका नेपालीहरुलाई कोरोनाको चिन्ता भन्दापनि भोगको चिन्ता बढी छ । कोरोना संक्रमणको पहिलो चरणमा हजारौँको संख्यामा दैनिक स्वदेश फर्केका नेपालीहरु अहिले फेरी रोजगारी खोज्दै भारत पसिरहेका छन् । त्यो बेला लाइन लागेर भारतिय नाकाबाट स्वदेश पुगेका नेपालीहरु अहिले लाइन लागेरै भारत पसिरहेका छन् । उनिहरुलाई कोरोनाको डर भन्दा बढी भोकै मर्ने डरले पिरोली रहेको छ। कोरोना त्रासकै कारण स्वदेश फर्केका नेपालीहरु अहिले घर परिवार पाल्नकै लागी भारत पसिरहेका हुन् । कैलालीसंग जोडिएको गौरिफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाका भएर अहिले नेपालीहरु हजारौँको संख्यामा भारत पसिरहेका छन् । उनिहरुलाई अब रोगको चिन्ता भन्दापनि भोकको चिन्ता बढेको छ ।
कैलालीको लम्की चुहा नगरपालिकाका अम्मर न्यौपाने बुधबार रोजगारीकै लागी भारत जान गौफिन्टा नाकामा लाइल लागेका थिए । करिब २ हजार नेपालीहरुको लाइनमा उनिपनि थिए । आधा उमेर कटाइसकेका न्यौपाने घर चलाउनकै लागी भारत जान लागेका हुन् । भारतमा दोश्रो चरणको कोरोनाले भयाभह अवस्था श्रृजन ागर्न थालेपछि उनि गत चैतमा स्वदेश फर्केका थिए । गत बर्ष अर्को चरणको कोरोनाले भयाभह अवस्था श्रृजना गर्न थालेपछि नेपाल फर्केको हुँ उनले भने ‘चार महिना घरमै बिताए आम्दानी भन्दापनि कमाएको पैँसा सबै सकियो अब बिकल्पै भएन हामीसंग कहाँ जाने त अन्तमा भारतनै हाम्रो गन्तब्य हो । ’ स्वदेशमै रोजगारी भए त गथ्यौँ नी उनले भने ‘१५ बर्ष भारतमै बिताइसके अब बुढेसकालमा घरमै बस्न कोलाई रहर नहोला र के गर्नु बाध्यता हो ।’ पछिल्लो ५ दिनको अवधीमा कैलाली र कञ्चनपुरका नाकाहरुबाट मात्रै १२ हजार भन्दा बढी नागरिकहरु रोजगारीका लागी भारत पसेका छन् । बुधबार मात्रै गौरिफन्टा र गड्डाचौकी नाका बाट दुई हजार ५ सय बढी नागरिक भारत पसेका छन् । रोजगारीका लागी भारत पस्नेहरु कोही परिवार सहित छन् त कोही परिवार पाल्नकै लागी । कोरोना कहरकै कारण स्वदेश फर्केका नागरिकहरुपनि अहिले दैनिकी चलाउनै समस्या परेपछि भारत पसेका हुन् ।
बुधबारनै गौरिफन्टा नाकामा डडेल्धुराका टेक बहादूर बमपनि भारत जानकै लागी लाइनमा बसेका थिए । सञ्चारकर्मीले अन्य ब्यक्तीलाई प्रश्न गर्ने बेला उनि आफै बोले हामी कहाँ जाने त कोले हामीलाई रोजगारी दिन्छ या नेपालमा उनले आक्रोसित हुँदै भने ‘नेपाल सरकारसंग हामीलाई रोजगारी दिने क्षमतानै छैन की क्याहो खाली नेताहरु रोजगारी दिन्छौँ भनेर गफ दिने त हुन् ।’ कमाएर ल्याएको पैँसा नी घरमा सकियो अनी को हामीलाई यहाँ जागिर दिन्छ त उनले भने ‘५ महिनासम्म घरमै बसे कहाँ रोजगारी पाइन्छ कहाँबाट श्रृण पाइन्छ हामीलाई नत कसैले भने न कसैले चासो नै राखे अनी हाम्रो बिकल्प भारत नै हो ।’बैतडीका प्रकाश सिहं कार्कीपनि भारत जान गौरिफन्टा नाकामा लाइनमा बसेका थिए । भरखर उच्च शिक्षा पढ्ने उमेरमा उनि धन कमाउन भारत पस्दै थिए । भारत जान लागेको यो दोश्रो पटक हो उनले भने ‘घरमा आमा, भाइ बहिनि छन् उनिहरुलाई पाल्न मैले बिचमै पढाइै छोडेर भारत पसेको हुँ अहिलेपनि कोरोना कहरमा घर फर्केको थिए फेरी परिवार पाल्न भारत जाँदै छु ।’ परिवारको जिम्मा मेरै टाउकोमा छु मैले नगरे केही हुन्न उनले भने ‘नेपालमा भनाई मात्र हो कुनै होटेलमै काम गरौँ भन्दापनि हामी ५÷६ हजार तलव पाउँछौँ त्यसले के हुन्छ ।’
रोजगारीका लागी भारत पस्ने नागरिकहरुको मुहारमा खुशी नभई बाध्यता थियो । उनिहरुलाइपनि जन्मभुमीनै प्यारो लाग्छ तर बाध्यताले जन्मभुमी र परिवार संगै बिताउन उनिहरुले पाएनन् । कोरोना कहरले स्वदेश आएका उनिहरुले स्वदेशमै केही गर्न चाहेपनि त्यो सम्भावना नदेखेपछि फेरी भारतकै बाटो रोजेका हुन् । २५ बर्षदेखी भारतमै रोजगारी गरिरहेका अछामका मान बहादूर क्षेत्रीपनि भारत जानकै लागी गौरिफन्टा नाका पुगेका थिए । मलाई २५ बर्ष भारतमै काम गर्न लागेको भयो भारतबाटै कमाएको पैँसाले परिवार पालेको छु उनले भने ‘त्रो बर्षसम्म त मलाई कसैले नेपालमा जागिर दिएन अब के दिन्थे त आफैलाई खान पुग्दैन अनी जनतालाई के जागिर दिन्छन त ।’ हाम्रा नेताको बिश्वास छैन त्यही भएर हामी आफ्नै गन्तब्यतिर लागेका छौँ उनले भने ‘जसो भएपनि घरबाट टाढा बसेरै भएपनि घर परिवार पालेका छौँ नेता ज्यु हरु हामीलाई नाकामा सहज भए पुग्यो धेरै भाषणले हामीलाई न खान पुग्छ न लाउन ।’
भारतबाट स्वदेश फर्केका सबै नागरिक नभएपनि केही नागरिकलाई पहिलो चरणमा रोजगारी दिने सरकारले उद्घोष गरेपनि त्यसको कार्यान्वयन हुन नसक्दा उनिहरुले भारतकै बाटो रोजेका हुन् । सरकारले निर्णय मात्रै गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले हाम्रा समस्या जस्ताको त्यस्तै छन् ।

