धनगढी। धनगढीमा भाडादर नराख्ने र कागजपत्र नबोक्ने अटो रिक्सा कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले बुधवार भाडा दर नराख्ने र कागजपत्र नभएका ३१ अटो रिक्सालाई कारबाही गरेको हो । १० वटा कागजपत्र नभएका र अन्यले भाडा दर नराखेको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले भने कारबाहीमा परेका अटो रिक्साबाट जरिवाना लिइएको जानकारी दिए । पछिल्लो समय ट्राफिक प्रहरीले चेक जाँचमा कडाइ गरिरहेको छ । भाडादर नराखेर यात्रु ठगिने गरेको भन्दै अनिवार्य रूपमा दुरी अनुसारको भाडा दर राख्न ट्राफिक प्रहरीले निर्देशन दिइसकेको छ
धनगढीमा भाडादर नराख्ने ३१ अटो रिक्सा कारबाहीमा परे
धनगढीमा भाडादर नराख्ने ३१ अटो रिक्सा कारबाहीमा परे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

