धनगढी। कैलालीमा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। बिशेष सुचनाको आधारमा ईलाका प्रहरी भजनीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले भजनी नगरपालीका ०१ स्थित महोन्याल सामुदायिक वनबाट एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भजनी नगरपालिका–१ स्थित महोन्याल सामुदायिक वनबाट सोही नगरपालिकाको वडा नम्बर ८ चर्राका ३० वर्षीय दिनेश चमारलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम खैरो हेरोइन नामक लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका चमारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

