बाजुरा। बाजुराको दुर्गम बिच्छँयाबाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बाजुराको हिमाली गाउँपालिका १ बाट गर्भवती महिलाको सोमबार उद्धार गरिएको हो । सुत्केरी ब्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिय पदमकला थापालाई हेलिकप्टर बाट उद्धार गरेर सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।
पदमकलालाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै बिच्छँया स्वास्थ्य चौकी लगेका थिए। बच्चाको उल्टो रहेको स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसक्ने भएपछि जिल्ला प्रशासन कार्यलय बाजुराका पहलमा हेलिकप्टर बाट उद्धार गरेर सुर्खेत पठाएको हो । राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निशुल्क हवाइ उद्धार गरेको हो । बाजुरामा जटिल गर्भवती महिलालाई हेलिकप्टर बाट हवाई उद्धार गर्ने गरेको छ ।
बाजुराको दुर्गम बिच्छँयाबाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
बाजुराको दुर्गम बिच्छँयाबाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

