डोटी। डोटीको शिखर नगरपालिका–२ मुडेमा आँप प्रदर्शनी गरिएको छ । डोटीको शिखर नगरपालिका–२ मुडेका पर्यटन व्यवसायी अमर शाही आफ्नै आँपको बगैचामा व्यस्त देखिन्छन्। शाहीका बारीमा बिभिन्न प्रजातिका आँप पाइन्छन्। तीन सय वोट आँपका बारीमा फलेर लटरम्म फलेका छन्। उनी आफू मात्रै नभएर गाउँका अन्य आफन्तलाई समेत आँपका बोट दिएर यस खेति तर्फ आक्रशित गराइरहेका छन्। परम्परा गत भन्दा आधुनिक जातका आँप रोप्न उनी सल्लाह दिन्छन्। सामान्यतया फल लाग्न ८ महिना लाग्छ। पुसदेखि सुरु हुने आँप फल्ने प्रक्रिया असार साउनमा पुगेर अन्त्य हुन्छ। डोटी लगाएत सुदूरपश्चिम प्रदेशमा आँपको प्रचुर सम्भावना रहेको सुदुरपश्चिम प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए।
बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गरेर आँप बढी फल्ने सम्भावना रहेको बताउँदै बगैचामै गएर सहयोग गर्ने कृषि ज्ञान केन्द्र डोटीका प्रमुख नरेन्द्र पनेरुले बताए। उत्पादन भएका आँपको शुक्रबार प्रदर्शनी गरिएको छ। डोटीको शिखर नगरपालिका–२ मुडेगाउँको कालागाडमा आँप प्रदर्शनी गरिएको हो। आँप उत्पादनको पकेट क्षेत्रको रुपमा लिएइ पनि गत बर्ष कोरोना महामारीले किसानले उत्पादन गरेका आँप बारिमै कुहिएको थियो। यस बर्ष भने किसानहरुले उत्पादन गरेका आँपले बजाखर पाउने कृषक बताउँछन्।
शिखर नगरपालिकामा उत्पादन गरिका आँप डोटीको मुख्य ब्यापारिक केन्द्र दिपायल, सिलगढी गोपघाट, बान्डुरिसैन लगायतका बजार क्षेत्रमा बिक्रि हुँदै आएको थियो। अब यसको ब्रान्डीङ गरेर काठमाडौं पठाउने शाहीले बताए। किसानले उत्पादन गरेका आँपलाई उचित मूल्यसहित बजार ब्यवस्थापनको लागि आफुले सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि किसानको पिरमार्का बुझेर काम गर्ने शिखर नगरपालिकाका नगरप्रमुख सिताराम जोशीले बताए।

