धनगढी। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५५ नमूनाको परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै २२ जनाको रिपोर्ट निगेटिभ आएको छ। हाल अस्पतालमा २३ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३ जना संक्रमित आईसीयूमा उपचाररत छन्। यस्तै २ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ८ बिरामी अस्पतालमा भर्ना भएका छन्।
सेती अस्पतालमा ५५ नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि
सेती अस्पतालमा ५५ नमूना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

