कञ्चनपुर। कञ्चनपुरमा ८ फिट लामोे अजिङगर फेला परेको छ । कञ्चनपुरमा लोपोन्मुख जातको अजिङ्गर फेला परेको हो। जिल्लाको भीमदत्त नगरपालिका–१५ तल्लो गोबरियामा ८ फिट लामो अजिङ्गर फेला परेको हो। स्थानीय हरिप्रसाद भट्टको खरायोको खोरभिर उक्त अजिङ्गर परेको बताइएको छ। अजिङ्गरले खोरमा रहेका ३ वटा ठुला खरायो र बाँकी ७ वटा साना खरायोलाई खाएको हरिप्रसादले बताए। शनिबार बिहान आफुले पालेको साना ठुला १० खरायोलाई खोर भित्रै खाएको अवस्थामा फेला परेको जानकारी दिए । बर्षातको समयमा आहाराको खोजीमा अजिङगर बस्ती भएको ठाउँमा आएको हुन सक्ने उनले भने । फेला परेको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने उनले जानकारी दिएका छन्।
कञ्चनपुरमा ८ फिट लामोे अजिङगर फेला
कञ्चनपुरमा ८ फिट लामोे अजिङगर फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

