धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । शुक्रबार राति पूूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुुहा नगरपालिकाको स्याउलेमा से ३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।पशुुचौपायासँग मोटरसाइकल ठोक्किदा जोशीपुर-६ का पदम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा कोहलपुरमा मृत्युु भएको डीएसपी बिष्टले बताए । राति करीब १० बजेतिर दुर्घटना भएकोमा कैलालीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि कोहलपुर पठाइएको थियो ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्युु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

