टीकापुर। कैलालीको टीकापुर स्थीत सशस्त्रको बिओपीमा आगजनी भएको छ । टीकापुर नगरपालिका–८ खक्रौलास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी)को निर्माणाधिन भवनमा आगजनी भएको हो । सो निर्माणाधिन भवन हाल बिओपी रहेको स्थानबाट करिव एक किलोमिटर टाढा मोहना नदी पारी दशगजा नजिकै छ ।सत्ती भन्सार कार्यालयको जमिनमा अस्थायी रुपमा राखिएको बिओपीलाई सीमा नजिकै सार्ने उद्देश्यले मोहना नदी पारी भवन निर्माण भैरहेको छ ।
भवन निर्माणको काम अन्तिम चरणमा पुगेको बेला अचानक आगजनी भएको छ । आज बिहान १०ः३० बजेको समयमा निर्माणाधिन भवनको भित्र पड्किएको आवाज आएको र कामदारले बताएका छन । उनीहरुले काम गर्न भवन भित्र पस्नु भन्दा अघि नै आगजनी भएको बताएको बिओपीका सई राधेश्याम रानाले जानकारी दिए । उनले आगो नियन्त्रणको प्रयास भैरहेकाले त्यसतर्फ सोधपुछ हुन बाँकी रहेको बताए । आगो नियन्त्रणका लागि टीकापुर नगरपालिकाको दमकल पुगेको छ । सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन ।

