अछाम–बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफे–मार्तडी सडकखण्डको तीन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बुढीनन्दा नगरपालिका –१ स्थित ओलेना, ६ स्थित बार्जुगाड र बडीमालिका नगरपालिका –४ स्थित पानीनौलामा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै अछाममा पनि पहिरोले सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
पहिरोले बाजुरा र अछाममा सडकहरु अवरुद्ध
पहिरोले बाजुरा र अछाममा सडकहरु अवरुद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

