धनगढी। कैलालीको भजनी नगरपालिकामा जनप्रतिनिधिहरुद्धारा तालाबन्दी गरिएको छ । आज उपप्रमुख छायाँ देवकोटासहित जनप्रतिनिधिहरुको समूहले नगरपालिकामा ताला लगाएको जनाइएको छ । योजना तर्जुमा नै नगरी बजेट पारित गर्न थालेपछि नगरपालिकामा तालाबन्दी गरिएको उपप्रमुख छायाँ देवकोटाले जानकारी दिईन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४मा बजेट तथा कार्यक्रम तर्जुमा समिति तयार गरिएको छ ।
त्यसमा उपाध्यक्ष वा उपप्रमुख – संयोजक रहने व्यवस्था छ । तर, उपप्रमुखलाई जानकारी नगराई बजेट तथा कार्यक्रम तर्जुमा गरेको भन्दै विरोध भइरहेको छ । आइतबार उनीहरुले कार्यपालिकाको बैठक बहिस्कार गरेका थिए। कैलालीको भजनीमा उपप्रमुख छाया देवकोटा सहितका वडाध्यक्षहरूले कार्यपालिका बैठक बहिस्कार गरेका थिए। नगरप्रमुख शेरबहादुर चौधरीले बहुमतको आधारमा निर्णय गर्न थालेपछि बैठक बहिस्कार गरेको उपप्रमुख देवकोटाले जानकारी दिएकी छन् ।

