धनगढी। सुदूरपश्चिम सरकारद्वारा प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई गाडी हस्तान्तरण गरिएको छ । सुदूरपश्चिम सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेशको तर्फबाट प्रदेश प्रहरी र अनुसन्धान विभागलाई गाडी किनेर हस्तान्तरण गरेको हो।
आइतबार प्रदेश आन्तरिक मामिला तथा कानुन कानुन मन्त्री पूर्णा जोशीले एक कार्यक्रको आयोजना बिच प्रदेश प्रहरीलाई ८ गाडी तथा १५ वटा मोटरसाइकल र अपराध अनुसन्धान विभागलाई २ वटा गाडीको चाबी हस्तान्तरण गरेकी हुन्। मन्त्री जोशीले भनिन्, ‘सुदूरपश्चिमको शान्ति व्यवस्था कायम गर्न प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धानलाई प्रदेश सरकारबाट चालु आर्थिक वर्षको बजेट नीति कार्यक्रम अनुसार गाडी हस्तान्तरण गरेका हौ।’ अपराध अनुसन्धान गर्न र भीआईपीहरुको सुरक्षामा सहज होस् भनेर उक्त गाडीहरु हस्तान्तरण गरिएको जनाइएको छ ।

