धनगढी। कोरोना नियन्त्रण तथा रोकथामका लागी पठाइएका स्वास्थ्य सामाग्री डोटीका स्वास्थ्य चौकीहरुमा पुगेका छन् । बोधी सत्व बिहारसंस्थाद्धारा उपलब्ध गराइएको कोरोना नियन्त्रण तथा रोकथामका लागी आवस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु डोटीका बिभिन्न स्वास्थ्य चौकीहरुमा पुगेको जनाइएको छ । मेची–महाकाली बुहारी संयुक्त आवाज कैलाली जिल्ला संयोजकत्वमा डोटीका बिभिन्न स्वास्थ्य चौकीहरुमा सेनेटाईजर, अक्सिजन सिलीण्डर, थर्मल गन, माक्स लगायत स्वास्थ्य सामाग्री पठाइएको थियो ।
मेची–महाकाली बुहारी संयुक्त आवाज कैलाली जिल्ला संयोजक तथा नेपाल महिला संघ नगर सभापती जागृती बोगटीको पहलमा डोटीका शिखर १ तथा दिपायल शिलगढी नगरपालीका तिखा लगायतका स्वास्थ्य चौकीमा कोरोना नियन्त्रणका लागी आवस्यक पर्ने स्वास्थ्य सामाग्री पठाइएको हो । यस्तै डोटीकै दिपायल शिलगढी नगरपालीका २ खुल्लेक स्वास्थ्य चौकीमा पनी स्वास्थ्य सामाग्री पुगेको जनाइएको छ । यता दिपायल सिलगढी नगरपालीकाको स्वास्थ्य शाखाले तिखा स्वास्थ्य चौकी र खतीवडा स्वास्थ्य चौकी डोटीले स्वास्थ्य सामाग्री बुझेको जनाएको छ । यस्तै दानकोट स्वास्थ्य चौकी, तल्कोट स्वास्थ्य चौकी शिखर नगरपालीका र बड्डी केदार गाउँपालीकामा उक्त स्वास्थ्य सामाग्री पठाउने लक्ष्य रहेको थियो ।
कोरोना नियन्त्रण तथा रोकथामकालागी पठाइएका स्वास्थ्य सामाग्री डोटीका स्वास्थ्य चौकीमा पुगे
कोरोना नियन्त्रण तथा रोकथामकालागी पठाइएका स्वास्थ्य सामाग्री डोटीका स्वास्थ्य चौकीमा पुगे
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

