धनगढी। सर्वोत्कृष्ट मानव अधिकार पुरस्कारबाट झंकरबहादुर रावललाई पुरस्कृत गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले झंकरबहादुर रावललाई सर्वोत्कृष्ट मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिएको हो । आयोगले बर्षभर सर्वोत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरेको जनाइएको छ । रावलसँगै मानव अधिकार सेवा पुरस्कारद्धारा सन्तोष चन्दलाई पनि पुरस्कृत गरिएको छ।
रावल राष्ट्रिय मानव अधिकार आयोगको नेपालगन्ज शाखाका कार्यालय प्रमुख हुन् भने चन्द कार्यालय सहयोगी हुन्। रावल मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा समेत २ बर्ष कार्यरत थिए। उनको गत मंसिर १८ गते नेपालगन्ज सरुवा भएको थियो। सम्मानपछि रावलले राष्ट्रिय मानव अधिकार आयोगलाई धन्यवाद ब्यक्त गर्दै कर्तव्य पथमा लाग्न थप उत्पेरणा प्राप्त भएको जानकारी दिदै साथ सहयोग गर्ने सम्पुर्णमा धन्यवाद समेत ब्यक्त गरेका छन् ।