धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा कारोना परिक्षण शुन्य रहेको पाइएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा पिसिआर स्वाब संकलन, पिसिआर जांच तथा परीक्षण नै नभएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भइ घरफर्केका छन् भने थप ७ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ जना आईसीयू,१ जना भेन्टिलेटर,१० जना अक्सिजनको सर्पोटरमा उपचाररत छन भने २ जनाको अवस्था भने सामान्य रहेको सूचना अधिकारी श्रेष्ठले बताए। पछिल्लो २४ घण्टामा अस्पतालमा कुनै पनी संक्रमित ब्यक्तीको मृत्यु नभएको उनले जानकारी दिएका छन् ।