धनगढी। कैलाली कैलालीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका ३ कुचैनीमा से२प ६४६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । पूर्वबाट पश्चिम आइरहेको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका १७ धुर्जनाका करिब २८ बर्षीय सिताराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । चौधरी सवार मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएको थियो । गम्भीर घाइते चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताए ।
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

