काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । मूल्य वृद्धिपश्चात् पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ । त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दाबी गरेको छ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यः प्रतिलिटर कति बढ्यो हेर्नुहोस…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्यः प्रतिलिटर कति बढ्यो हेर्नुहोस…
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

