धनगढी। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीया तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीको परिसरमा बृक्षारोपण गरिएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाको परिसर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको परिसरमा बिभिन्न प्रजातीका बोटबिरुवाहरु र फलफुलहरु रोपिएका हुन्।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमको प्रमुख अग्रसरतामा कार्यालय परिसरमा कार्यरत प्रहरी कर्मचारीहरुले १७२ वटा बिभिन्न प्रजातीका बोटबिरुवा तथा फलफुलकहरु रोपिएका छन् ।
यस्तै,यता जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहरा लगायत ट्राफिक प्रहरीको टोलीले कार्यालय परिसरमा बिभिन्न प्रजातिका बोटबिरुवा तथा फलफुलहरु रोपिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीका अनुसार कार्यालय परिसरमा ३५ वटा बिभिन्न प्रजातिका बोटबिरुवा तथा फलफुलहरु रोपीएको प्रहरी कार्यालयले जनाएको छ ।







