धनगढी। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १०५ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको र ९७ जनामा कोरोना संक्रमण नदेखीएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । कोरोना संक्रमण पुष्टि हुनेमा कैलालीका ७ र कञ्चनपुरका एक जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये २ जना भेन्टिलेटर ८ जना आइसियूमा, ५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा सेती अस्पतालमा १ जना अस्पताल भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा अस्पतालमा कसैको पनि मृत्यु नभएको अस्पतालले जनाएको छ ।

