धनगढी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० कलुवापुर–बेलौरी सडकखण्डमा सवारी दुर्घटना गराई सवारी ज्यान मुद्दामा फरार रहेका ‘टिङ्कु’ भनिने अमित गुप्ता २० वर्षपछि पक्राउ परेका छन्। गुप्ताविरुद्ध २०६३ असार २७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सवारी ज्यान मुद्दा दर्ता भएको थियो। दुर्घटनापछि फरार रहेका उनलाई फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३, भन्सारबाट पक्राउ गरेको हो।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले पक्राउ गरेका गुप्तालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी निरीक्षक तथा कार्यालयका प्रवक्ता लोकेन्द्र सिंहले जानकारी दिए।

