धनगढी । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ ।
कतिपय विद्युतको आयोजनाको टनेलमा फसेकाहरूको उद्धार हुन बाँकी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी छ ।
अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
उत्खननको प्रगति राम्रो रहेको भन्दै दिउँसो २ बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान रहेको जनाइएछ ।
अन्यत्र पनि कतिपय आयोजना पुरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी रहेको छ । यही बेला चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् ।

