धनगढी । प्रहरीले अन्दाजी २५ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अन्दाजी २५ लाख ८६ हजार ७९६ रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।
कैलालीबाट अन्दाजी २ लाख ७८ हजार बराबरका भन्सार छली गरि ल्याईएका साडी, बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरी टोलीले सो सामानहरु वेवारिसे अवस्थामा बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अन्दाजी २३ लाख ८ हजार ७९६ रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका– १६ मझगाउँबाट अन्दाजी ९ लाख १२ हजार ५९६ रुपैया मुल्य बराबरका आईफोन सहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाकै दोधारा चाँदनी नगरपालिका– ९ बस्ने २६ वर्षिय गौतम जोशी रहेका छन् । त्यस्तै जिल्लाकै बेलौरी न।पा– ६ भुराकोटबाट अन्दाजी १३ लाख ९६ हजार ५९६ हजार मुल्य बराबरका अवैध भन्सार छलीका सामान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ९ बोरा चिनि, २७ बोरा वाटरमेलन सिड्स ९खर्भुजाको बिउ० र २ थान साइकल सहित भारत लखिमपुर कमलापुर बस्ने ३२ वर्षिय शिवानन्द शर्मा, सोही ठाउँका ३० वर्षिय वाहिद अली र कञ्चनपुरको बेलौरी नगरपालिका– ४ बस्ने २० वर्षिय कैलाश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

