बैतडी– घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ नुवाकोट, तडीबटाकी ३० बर्षीया भागरथी सार्कीको शुक्रबार भीरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष हरिदत्त पन्तले बताए ।
घर नजिकैको बीरापौड भन्ने भीरमा घाँस काट्न गएकी सार्कीको लडेर घटनास्थलमै मृत्यु भएको उनले बताए । उनी भीरबाट करीब ३ सय मिटर तल खसेकी थिइन् । मृतक सार्कीका दुई छोरा छन् ।

