धनगढीः धनगढीमा गल्लाबाट रकम चोरेको आरोपमा एक जना पक्राउ गरेका छन्। मङ्गलवार गोदावरी नगरपालिका–३ का २९ वर्षीय लक्ष्मण भुल चोरीको आरोपमा पक्राउ परेका हुन्। प्रहरीका अनुसार धनगढीस्थित नवजीवन अस्पताल नजिकै रहेको प्रविन फार्मेसीको गल्लाबाट ९ हजार ५४८ रुपैयाँ नगद चोरी गरी फरार हुँदै गरेका भुललाई फार्मेसी सञ्चालक प्रविन केसीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्।
पक्राउ परेका भुलको साथबाट प्रहरीले अन्य स्थानबाट चोरी गरिएका रेड्मी कम्पनीका तीन थान मोबाइल समेत बरामद गरेको जनाएको छ। भुलमाथि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

