धनगढीः कैलालीमा अनटेस्ट मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको लम्कीचुहा नगरपालिका–२ मोतिपुर चोकमा गएराति अनटेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुुर्घटनामा चालक लम्कीचुहा नगरपालिका–४ बस्ने दिलिप विक घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

