धनगढी। सुदूरपश्चिम प्रदेशका विद्यार्थीले अब सूचना प्रविधि अध्ययनका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता कम हुने भएको छ। सुदूरपश्चिममै पहिलो पटक काठमाडौं विश्वविद्यालयको व्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बिआइटी) कार्यक्रम धनगढीबाट सञ्चालन हुने भएको छ।
धनगढीस्थित सोफान वेस्टर्न एकेडेमी ले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा बिआइटी कार्यक्रम सञ्चालन गर्न लागेको हो। आधुनिक सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) लाई केन्द्रमा राखेर तयार गरिएको पाठ्यक्रममा आधारित यो कार्यक्रम सुदूरपश्चिमका विद्यार्थीका लागि उच्च शिक्षाको क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ।
कलेजका अनुसार कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु भइसकेको छ। यस कार्यक्रममार्फत विद्यार्थीले कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर विकास, डाटा विज्ञान, मेसिन लर्निङ तथा आधुनिक सूचना प्रविधिका विभिन्न विषयमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन्। विश्वभर तीव्र रूपमा बढिरहेको एआई प्रविधिको मागलाई मध्यनजर गर्दै पाठ्यक्रम तयार गरिएको कलेजले जनाएको छ।
अहिलेसम्म गुणस्तरीय सूचना प्रविधि शिक्षा अध्ययनका लागि काठमाडौं, अन्य ठूला सहर वा विदेश जान बाध्य रहेका सुदूरपश्चिमका विद्यार्थीले अब आफ्नै प्रदेशमा बसेर काठमाडौं विश्वविद्यालयको गुणस्तरीय शिक्षा हासिल गर्न सक्ने भएका छन्। यसले विद्यार्थी र अभिभावकमाथिको आर्थिक भार घटाउनुका साथै प्रदेशमै दक्ष सूचना प्रविधि जनशक्ति उत्पादनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
यस शैक्षिक सत्रका लागि केवल ३० सिट मात्र उपलब्ध छन्। प्लस–टु विज्ञान संकाय उत्तीर्ण गरेका तथा मौका परीक्षामा सहभागी हुन लागेका विद्यार्थीले समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको कलेजले जनाएको छ।
कार्यक्रम सञ्चालन हुने सोफान वेस्टर्न एकेडेमी धनगढी उपमहानगरपालिका–४, चटकपुर, माया मेट्रो अस्पताल अगाडि रहेको छ।
कलेज प्रशासनले सीमित सिट भएकाले इच्छुक विद्यार्थीलाई समयमै आवेदन दिई आफ्नो स्थान सुरक्षित गर्न आग्रह गरेको छ। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीका लागि यो कार्यक्रम सुदूरपश्चिमकै पहिलो र महत्वपूर्ण शैक्षिक अवसर हुने विश्वास गरिएको छ।

