धनगढी । नवजीवन सहकारी संस्थाको सञ्चालक समिति चयनका लागि भएको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणाम अनुसार अध्यक्ष पदका उम्मेदवार गोपाल पाठकले ४ हजार ५५, केशवराज मिश्रले ३ हजार ८ सय ३५, र घनबहादुर शाहले ३ हजार ७९ मत प्राप्त गरेका छन् । सुरुवाती परिणाममा झिनो मतले मिश्र अगाडी रहेपनि पछिल्ला मत परिणाममा पाठक मतान्तर बढाउदै अगाडी बढेका छन् । यसले गर्दा उक्त सहकारीको निर्वाचन परिणाम निकै प्रतिस्पर्धात्मक भएको छ ।
उपाध्यक्षमा उत्तम जोशीले ३ हजार ६ सय ४४, इश्वर प्रशाद जोशीले ३ हजार ३ सय ८८ र उपेन्द्र बिष्टले २ हजार ६ सय ७६ प्राप्त गरेका छन् । सहकारीका कुल ४० हजार ५९३ जना शेयर सदस्यहरु मध्ये शनिबार भएको मतदानमा १५ हजार ५० मत जनाले मत हालेका थिए ।
सदस्यहरुकोमा क्रमस केशवराज जोशी, कोपिला कुँवर, गणेश बम,लक्ष्मीराज पन्त, जय राज जोशी, खेमराज पाण्डेय र दिर्घ बहादुर शाहले अग्रता लिइरहेका छन् । लेखा सुपरिबेक्षण समिति सयोंजकमा गणेस प्रसाद जोशी, सदस्यहरुमा खेमराज पाठक र गणेस प्रसाद उपाध्यायको अग्रता कायमै छ ।


