धनगढी: बैतडी समाज कैलालीको अध्यक्षमा गजेन्द्र बिर चन्द सर्वसम्मत चयन भएका छन् । धनगढीमा शनिबार आयोजित समाजको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट चन्दको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । ४ सदस्य कार्यसमितिले मनोनीत गर्ने जनाइएको छ ।
समाजका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षता तथा समाजका ज्येष्ठ सदस्य धरम शिङ थापाको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन गरिएको थियो । कार्यक्रममा बैतडीबाट बसाइँसराइ गरी कैलालीमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लोकराज भट्ट, उपाध्यक्षमा हर्क बहादुर चन्द, महासचिवमा लोकेश भट्ट, सचिवमा विर बहादुर महरा तथा कोषाध्यक्षमा नवराज पन्त चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भिम बहादुर चन्द, लोकराज भट्ट, तर्कराज जोशी, जनकराज अवस्थी, विश्वेश्वर सिंह खत्री, आवेश कुमार चन्द, केशव बहादुर चन्द, लक्ष्मी रिजाल केसी, धर्मेन्द्र बहादुर चन्द, लिलाधर शर्मा र चेतन विक्रम चन्द चयन भएका छन् ।
अधिवेशनमा वक्ताहरुले बैतडीबाट कैलालीमा बसोबास गर्ने नागरिकबीच आपसी एकता, सहयोग र सामाजिक सद्भाव कायम गर्न समाजले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए । कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट, नेकपा एमालेका सुदुरपस्चिम प्रदेश सचीव रण बहादुर चन्द, बिभिन्न समाजका अध्यक्ष एवं प्रतिनिधि सहभागी थिए ।समाजलाई अझ सक्रिय, व्यवस्थित र सामाजिक उत्तरदायी संस्थाका रुपमा अगाडि बढाउने प्रतिबद्धता समेत नवनिर्वाचित नेतृत्वले जनाएको छ ।


